Skip This
दसैँका लागि १ असोजबाट टिकट बुकिङ खुल्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
अघिल्लो वर्षको दसैँमा घर कोटेश्वर क्षेत्रमा फर्कन गाडी कुर्दै गरेका यात्रु । तस्बिर : नयाँ पत्रिका अर्काभइ
अर्थ डिजिटल संस्करण

दसैँका लागि १ असोजबाट टिकट बुकिङ खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३५:oo

दसैँमा घर फर्कन चाहनेहरूका लागि १ असोजबाटै सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागले आज त्यससम्बन्धी निर्णय गरेको हो। 

‘चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवाप्रदायकहरूले मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ १ असोज शनिबारदेखि खुला गर्ने निर्णय गरिएको छ,’ विभागले निर्णयहरू सार्वजनिक गर्दै भनेको छ।

यसपटक टिकट बुकिङ गर्न टिकट काउन्टरमै पुग्नुपर्ने बाध्यता पनि हटेको छ। विभागका अनुसार अनलाइनबाटै टिकट काट्न सकिनेछ। अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने विभागले जनाएको छ। 

आज भएको निर्णयअनुसार अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुबाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गरिने भएको छ। 

विभागले यात्राको क्रममा कोभिड– १९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गरिने जनाएको छ।