१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २२ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २२ बुधबार १६:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माथिल्लो कर्णाली जलविद्युत् आयोजना : जिएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न रावलको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २२ बुधबार १६:o७:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैँलाई अगाडि बढाउन पनि आग्रह गरे ।

उनले विगतमा गरिएको सर्तहरू उल्लंघन गर्ने, नेपालको राष्ट्रिय हितविपरीत हुने गरी सो कम्पनीले गतिविधि गरिरहेकाले सो सम्झौता रद्द गरेर नेपाल सरकार आफैँले वित्तीय व्यवस्थापन गरेर सो आयोजना अघि बढाउनुपर्ने स्पष्ट पारे ।

नेता रावलले भने, ‘जिएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई निर्माण नगरी लामो समयसम्म ओगट्दै सम्झौताको उल्लंघन गर्दै नेपाललाई क्षति पुर्‍याउनुको साथै राष्ट्रिय हितमा आँच पुर्‍याएकाले यो सम्झौता तत्काल खारेज गरियोस् । उक्त आयोजनालाई जनसहभागिता र नेपाल सरकारको लगानीमा अगाडि बढाइयोस् । नेपालको सबैभन्दा राम्रो र उत्पादित विद्युतको मूल्य तुलनात्मक रूपमा कम हुने माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा संलग्न सम्झौताविपरीत वित्तीय व्यवस्थापनको म्याद फेरि थपिनु आपत्तिजनक छ । सम्झौताअनुसार जिएमआरसँगको सम्झौता रद्द गरी सो आयोजनालाई अनिश्चयको भुमरीबाट जोगाइयोस् । नेपाल सरकार आफैँले जनताकाे सहभागितासमेतमा वित्तीय व्यवस्थापन गरी सो आयोजनाको काम अगाडि बढाओस् । कुनै एउटा विदेशी कम्पनीसामु नझुकी सम्झौताको सर्तहरू पालना गरी, गर्न लगाई राष्ट्रिय हितको संरक्षण गरियोस् ।’  

नेता रावलले सम्झौताविपरीतका गतिविधिमा संलग्न सो कम्पनीसँग पटकपटक झुक्ने काम गरिरहेको भन्दै सरकारको पनि कडा आलोचना गरे ।