१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हास्यकलाकार अपूर्वक्षितिज सिंहलाई रिहाइ गर्न एमालेको दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:४१:oo

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हास्यकलाकार अपूर्वक्षितिज सिंहलाई तत्काल रिहाइ गर्न  सरकारलाई दबाब दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सचेतक भट्टराईले आफ्नो कला प्रस्तुत गरेबापत सिंहलाई १० दिनदेखि हिरासतमा राखेकोमा आपत्ति जनाउँदै तत्काल रिहाइ गर्न माग गरेका हुन् । 

अर्काे प्रसंगमा भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्ने गरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउँदै तत्काल बन्द गर्न माग गरे ।  सो निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू जिल्लाजिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम नरोकिए आफ्नो पार्टी कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिए । 

स्थानीय तह निर्वाचनमा पनि सत्तारूढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारीहरू परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको जिकिर गर्दै प्रमुख सचेतक भट्टराई आगामी निर्वाचनमा पनि त्यसैलाई निरन्तरता दिने तयारी भइरहेको बताए ।

जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अवस्था हुन नदिने काम सरकारले गर्न नपाउने उनको भनाइ थियो । उनले  मिति तय भएसँगै वर्तमान सरकारले अब निर्वाचित नयाँ सरकारलाई ह्यान्डओभर गर्नका लागि एक हिसाबले भन्दा काम चलाउ सरकारको रूपमा यो सरकार रन गरिरहेको आरोप लगाए । निर्वाचन आयोगले यही भदौ २० गतेयता कर्मचारी सरुवा, बढुवा गर्ने काम नगर्न सरकारलाई निर्देशन दिइसकेको छ ।