१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म प्रचण्डको आलोचक हुँ : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टीभित्र आफू सबैभन्दा बढी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक भएको बताएका छन् । अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा तथा स्वयंसेवक भेलालाई सम्बोधन गर्दै शर्माले त्यस्तो बताएका हुन्।

आलोचनाले पनि पार्टी नीति र नेतृत्वको रक्षा हुने भन्दै उनले अखिल क्रान्तिकारीको नेतृत्वप्रति पनि आलोचक बन्न विद्यार्थीलाई सुझाए । सबभन्दा बढी आलोचकसँगै आफू नेतृत्वको रक्षामा पनि उत्तिकै भूमिकामा रहेको भन्दै पार्टीभित्रको बढ्दो अराजकतालाई नियन्त्रण गर्नुपर्ने बताए।

अखिल क्रान्तिकारीको अर्को एउटा समूहले समानान्तर गतिविधि गरिरहेकोतर्फ इंगित गर्दै शर्माले पार्टी नेतृत्वले लाइदिएको कुरा सुन्नेभन्दा सत्य कुराको आधारमा धारणा बनाएर चल्नुपर्ने बताए ।

उनले अखिल क्रान्तिकारीभित्र अराजक गतिविधिलाई पार्टीले छुट दिन नहुने बताए । क्रान्तिकारीका नेता पवन कार्की नेतृत्वको असन्तुष्ट समूहले मंगलबार रिभोलुसनरी फोर्स घोषणा गरेको थियो । शर्माले अखिल क्रान्तिकारीलाई वैज्ञानिक सीपयुक्त नि:शुल्क शिक्षा, द्वन्द्वात्मक भौतिकवादी शिक्षालगायतलाई एजेन्डा बनाएर चुनाव र संगठन विस्तारमा केन्द्रित हुन निर्देशन पनि दिए ।