१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:o२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधिसभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गरेका हुन्।

उनले आफूले पाउने तलब, भत्ता तथा सुविधाहरूसमेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गरेका छन्। संसद्को आयु मंसिर ४ को निर्वाचनपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको उनले जानकारी दिए।

निर्वाचन घोषणा भएसँगै संसद्को आयु जीवित राख्न नहुने पक्षमा आफू र आफ्नो पार्टी रहेको उल्लेख गर्दै उनले अनैतिक काममा सहभागी हुन नसक्ने प्रस्ट पारे। ‘पछिल्लो दिनमा जब संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रियाहरू प्रारम्भ भएका छन्। त्यसले मलाई असाध्यै लज्जित र दुःखी तुल्यायो। मैले बाटोबाटै सांसद छैन, छाडेँ भनेर हिँड्नुको अर्थ हुँदैन। कमसेकम संसदमा उभिएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर म आज संसदमा उपस्थित भएको छु,’ लिङ्देनले भने।
 

ad
ad