
नेपाल निजामती कर्मचारी युनियनले जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ। आइतबार आफ्नो स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको युनियनका अध्यक्ष जनक रावलले बताए।
उनका अनुसार अस्पतालमा उपचारार्थ विभिन्न रोगका बिरामीलाई जिल्ला अस्पतालको सहयोगमा फलफूल वितरण गरेर स्थापना दिवस मनाइएको हो। कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, रामसिंह रावललगायतका नेता–कार्यकर्ता सहभागी थिए।