१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका नवलपरासी
Invalid date format १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोलामा डुबेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
Invalid date format १९:५३:oo

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका- १४ स्थित खजुरा खोलामा दिउँसो डुबेर एक बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सीताराम चौधरीको छोरा अन्दाजी ९ वर्षको निखिल चौधरी घरबाट करिब १ किमि पूर्वतर्फ रहेको खजुरा खोलामा शनिबार पौडी खेल्ने क्रममा चौधरीको खजुरा खोलामा डुबेर मृत्यु भएको हो।

बर्दघाट प्रहरीका अनुसार मृतक चौधरीको शरीरलाई खोलाबाट स्थानीयले झिकी स्थानीय मेडिकलमा उपचारका लागि लैजाँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।