१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १७ शुक्रबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसद भट्टराईको आरोप– सभामुख सापकाेटा रिमोटबाट सञ्चालित रोबोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार १६:५९:oo

एमाले सांसद खिमलाल भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भूमिका निर्वाह गर्न नसकेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले सभामुख रिमोटबाट चलेको आरोप लगाए।

सभामुखले गठबन्धनको निर्णय हुबहु कार्यान्वयन गराएर संसद्को गरिमा र महत्व घटाएको उनको भनाइ छ। ‘सभामुख स्वयं पनि बहुदलीय व्यवस्थमा एउटा संस्थाको रूपमा रहेको हुन्छ। त्यसले पनि एउटा संस्थागत भूमिका निर्वाह गर्नुपर्ने हो,’ उनले भने, ‘आज दुःखका साथ भन्नुपर्छ त्यो कतैबाट रिमोटले चल्ने रोबोटजस्तो भएको छ।’

सांसद भट्टराईले राष्ट्रपति व्यक्तिको रूपमा नभई देशको सर्वोच्च संस्था, गणतन्त्रको प्रतीक र राजनीतिक प्रतिद्वन्द्वभन्दा माथिको संस्था भए पनि सरकार, सभामुख र गठबन्धनका नेताहरूले त्यसअनुरूप व्यवहार नगरेको आरोप लगाए।