मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format ११:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद २०७९ : गण्डकीको प्रतिनिधित्व गर्ने खेलाडी छनोट सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

प्रतियोगिताका लागि ११ जिल्लाबाट छनोट भएर आएका दुई हजार आठ सय ३९ जनाबाट सात सय १४ जना खेलाडी छनोट गरिने 

आउँदो २८ असोजदेखि ३ कात्तिकसम्म हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीको छनोटका लागि बिहीबारदेखि पोखरामा छनोट प्रतियोगिता सुरु भएको छ । 

याे प्रतियोगितामा यसअघि प्रदेशका ११ जिल्लामा भएका जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीको सहभागिता रहेको छ । १८ गतेसम्म चल्ने प्रदेशस्तरीय प्रतियोगिताबाट प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी छनोट गरिनेछ । 

प्रदेशस्तरीय प्रतियोगिता सुरु हुनुअघि ३६ खेलमध्ये पहिलो चरणमा १४ खेलका लागि विशेष प्रशिक्षणसहित खेलाडीलाई सोझो छनोट र अन्य २२ वटा खेलका लागि जिल्ला-जिल्लामा प्रतियोगिता गरी खेलाडी छनोट गरिएको थियो । जिल्लाबाट छनोट भएर आएका खेलाडीबाट प्रदेशको प्रतिनिधित्व गरी प्रतियोगितामा सहभागी हुने खेलाडी छनाेट गरिने गण्डकी प्रदेश खेलाडी छनोट प्राविधिक समितिका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । बिहीबारदेखि सुरु प्रतियोगिता १८ भदौसम्म चल्नेछ ।

११ जिल्लाबाट छनोट भएर आएका दुई हजार आठ सय ३९ जनाबाट सात सय चारजना खेलाडी छनोट गरिने 

११ जिल्लामा भएको प्रतियोगितबाट छानिएका दुई हजार आठ सय ३९ खेलाडी मध्येबाट चार सय ११ पुरुष र दुई सय ९८ महिला  गरी सात सय नाैजना खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट हुनेछन् । पहिलो चरणमा जिल्लबाट छानिएका खेलाडीमध्ये जिल्लाबाट सबैभन्दा धेरै कास्कीबाट कुस्तीबाहेक अन्य ३५ खेलका लागि खेलाडी छनोट भई आएका ६ सय तीनजना र सबैभन्दा कम मनाङबाट पाँच खेलका लागि ३६ जना खेलाडी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी रहेका छन्।

प्रदेशका अन्य जिल्लामध्ये मुस्ताङबाट १३ खेलका लागि र्क सय ४० जना, म्याग्दीबाट १५ खेलका लागि दुई सय ५०, बाग्लुङबाट १९ खेलका लागि तीन सय २३ जना, पर्वतबाट १४ खेलका लागि एक सय ९५ जना, स्याङजाबाट २३ खेलका लागि चार सय एकजना, तनहुँबाट १७ खेलका लागि दुई सय ६९ जना, लमजुङबाट १२ खेलका लागि एक सय ९९ जना, गोरखाबाट १६ खेलका एक सय ९८ जना र नवलपुरबाट २३ खेलका लागि तीन सय ३२ जना खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पोखरा आएकाे कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । बरालका अनुसार खेलाडीसँगै प्रत्येक खेलका एक-एकजना प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार दुई सय २३ जना पोखरा आएका छन् ।

छनोट भएका खेलाडीलाई २६ भदौदेखि २६ असोजसम्म आवासीय रूपमा बन्द प्रशिक्षणमा राखिने भएको छ ।  प्रदर्शनलाई उत्कृष्ट बनाउन छनोट भएका ६ खेल भलिबल, बास्केटबल, कराँते, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते र तेक्वान्दोका गरी करिब एक सय ५० जना खेलाडीलाई मनाङमा लगेर १ असोजदेखि १५ गतेसम्म हाई अल्टिच्युड प्रशिक्षण दिइने भएको छ ।