मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
२o८२ भदौ ३० सोमबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल रेल्वे पाँच दिनपछि संचालनमा, छैन यात्रुको चहलपहल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १८:३५:oo

भारतको जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुरधामसम्म संचालनमा रहेको नेपालको एक मात्रा रेल्वेमा यात्रुहरुको चाप घटेको छ।  जेनजी आन्दोलनका कारण ठप्प भएको रेल सेवा पाँच दिनपछि २९ भदौ आइतबारदेखि संचालनमा आएको छ।

दैनिक ६ पटक जयनगर–जनकपुरधाम ओहोरदोहोर गर्ने रेल आइतबार चारपटक मात्र ओहोरदोहोर गर्याे। पहिलो दिनको पहिलो लटमा जयनगरबाट २५ जनाले टिकट काटेर यात्रा गरेको नेपाल रेल्वे कम्पनीको जयनगर स्टेशन अधीक्षक एसएल मिनाले जानकारी दिए। सो दिन कुल १४० जनाले यात्रा गरेका थिए।

रेल्वे संचालनमा हुँदा एकपटकमा एक हजार यात्रीको क्षमता भए पनि एक हजार दुई सय जनासम्मले यात्रा गर्दै आएका थिए। दुईतर्फी गरी करिब ६ हजारभन्दा बढीले दैनिक यात्रा गर्ने गरेकोमा अहिने २ सय हाराहारीमा मात्र यात्रा गर्दै आएका छन्। 

एसएल मिनाले नेपाल रेल्वेलाई पनि आन्दोलनले असर परेको भन्दै चाँडै लयमा फर्किने विश्वास व्यक्त गरे।