मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १६ बिहीबार
  • Thursday, 30 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १६ बिहीबार १५:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ-मुग्लिन सडक आठ घन्टापछि सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १६ बिहीबार १५:४०:००

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आठ घन्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ केराबारी र १८ किलोमा  पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार  रोकिएका सवारीसाधनहरू पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउन दुई लोडरसहित एक्स्काभेटर प्रयोग गरिएको थियो ।