मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ भदौ १६ बिहीबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनजिओ फेडरेसन मोरङका अध्यक्षलाई बालक बलात्कार आरोप  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ भदौ १६ बिहीबार १४:२९:००

छिमेकमा बस्ने तेह्र वर्षीय बालकलाई अप्राकृतिक यौन शोषण गरेको आरोपमा एनजिओ फेडरेसन मोरङका अध्यक्ष राजेन्द्र ढकालविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । बुधबार पक्राउ परेका ढकालविरुद्ध मोरङ प्रहरीले बिहीबार ‘अप्राकृतिक मैथुन’ आरोपमा किटानी जाहेरी दर्ता गरेको हो ।   

पीडितले जाहेरीमा उल्लेख गरे अनुसार  विराटनगर १२ निवासी ढकालले तीजको दिन  घरमा कोही नभएको मौकामा छिमेकमा बस्दै आएका बालकलाई ललाई फकाई ल्याएर जवर्जस्ती अप्राकृतिक  यौन शोषण गरेका थिए । 

बालकमाथि अप्राकृतिक यौन शोषण भएको थाहा पाएपछि अभिभावकहरुले बुधबार मोरङमा ठाडो उजुरी दिएका थिए । त्यसपछि प्रहरीले ढकाललाई पक्राउ गरेको थियो । एजुकेसन हेल्प लाइन नामक संस्थाका अध्यक्ष समेत रहेका ५३ वर्षीय ढकालले पढाइमा सहयोग गरेको बहानामा  बालकलाई आफु नजिक ल्याउन सफल भएका थिए । 

जाहेरी दर्ता भएपछि पीडित बालकको मेडिकल जाँच गराएर बिहीबारै ढकाल विरुद्ध अदालतमा म्याद थप गरेर अनुसन्धान थालिएको  मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए। ढकालका एक छोरा एक छोरी र श्रीमती छन् ।