मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ १५ बुधबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका विराटनगर
२o७९ भदौ १५ बुधबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३७ लाख मूल्यका अवैध मोटर पार्ट्स मोरङ प्रहरीले राजस्वमा बुझायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ भदौ १५ बुधबार १८:५९:oo

३७ लाख मूल्यबराबरका मोटर पार्ट्स मोरङ प्रहरीले बरामद गरेर थप अनुसन्धानका लागि राजस्व कार्यालयमा बुझाएको छ। विराटनगर महानगरपालिका– १२ रोडसेस चोकबाट  मंगलबार राति  भन्सार छलेर भित्र्याउँदै गरेको अवैध सामग्री प्रहरीले बरामद गरेको हो। 

मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार राति साढे ८ बजे  भारतीय नम्बर भएको ट्रयाक्टरमा ल्याइँदै गरेका अवैध मोटर पार्ट्स प्रहरीले चेकजाँचका क्रममा नियन्त्रमा लिएको थियो। चेकजाँचका क्रममा भन्सार छली गरेको पाइएपछि प्रहरीले मोटर पार्ट्स, भारतीय ट्रयाक्टर र चालकलाई राजस्व कार्यालय इटहरीमा बुझाएको हो।