१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाभियोग सिफारिस समितिलाई बयान दिन जबरा सिंहदरबारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:o४:oo

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुगेका छन्। समितिलाई बयान दिन प्रहरी स्कर्टिङमा निजी गाडीमा सिंहदरबार पुगेका जबरा अहिले महासचिवको कार्यकक्षमा छन्। 

जबरासँग बयान लिनुअघि सिफारिस समितिका सदस्यहरू आफ्नो संसदीय दलमा आन्तरिक छलफलमा छन्। नेपाल बार र सर्वोच्च बार एशोसियसन, पूर्वन्यायाधीश फोरम, कानुन व्यवसायीहरूका संगठन र व्यक्तिगतरूपमा उनीविरुद्ध दस्ताबेज तथा प्रमाण आएका बताइएको छ।

पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण र कर्तव्य पालना नगरेको भन्दै जबराविरुद्ध १ फागुनमा महाभियोग दर्ता भएको थियो ।  

याे पनि : जबरालाई सोधिने सम्भावित प्रश्न 

ad
ad