१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारी र अर्धसरकारी भवनको  नक्सापास खोज्दै महानगर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o३:oo

काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै सरकारी र अर्ध सरकारी भवनको नक्सापास भए–नभएको बारे यकिन गर्ने भएको छ । महानगरको सहरी विकास विभागले दुई–तीन दिनभित्र नक्सापास नभएका भवनहरूलाई सूचनामार्फत नक्सापास दर्ता वा नियमित गर्न आह्वान गर्ने भएको हो ।

विभागका निर्देशक सुरज शाक्यले सरकारी भवनहरूले पनि नक्सापास गर्नुपर्ने जानकारी दिए । उनका अनुसार मेयर बालेन्द्र साहले मंगलबार सबै सरकारी भवनहरूको नक्सा खोज्न विभागलाई निर्देशन दिएका छन् ।

‘नक्सापास भए नभएका भवन छुट्याएर उनीहरूको नक्सापास नियमित गर्छौँ,’ विभाग प्रमुख शाक्यले भने, ‘यदी नक्सापास नभएका सहरी कार्यालय छन् भने उनीहरूलाई नक्सापासको समय तोकिदिन्छौँ ।’ काठमाडौं महानगरपालिकाले ०७० यताका नक्सापास भएका भवनहरूको विवरण अनलाइन सिस्टममा राखेको छ ।

त्यसअघि नक्सापास भएका भवनको रेकर्ड भने ढड्डामा छ । त्यस्तै, ०६० सालभन्दा अघि बनेका एक लाख ३८ हजार भवनको नक्सापास रेकर्ड महानगरको वातावरण विभाग टेकुको सर्भरमा राखिएको छ ।