१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि पदाधिकारीको अय‍ोग्यताले मुठभेडको अवस्था आयो : प्रजातन्त्रवादी प्राध्यापक संघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको अयोग्यताले मुठभेडको अवस्था सिर्जना भएको आरोप लगाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले विश्वविद्यालय इतिहासकै गम्भीर मोडमा पुगेको उल्लेख गरेको छ।

‘त्रिविका पदाधिकारीहरूको अदूरदर्शिता, अक्षमता एवं अकर्मण्यताका कारण पदाधिकारीहरू सम्पूर्ण रूपमा अयोग्य प्रमाणित भएका छन्। जसको असर विश्वविद्यालयमा परिरहेको छ। परिणामतः शैक्षिक केन्द्रमा मुठभेडको अवस्था सिर्जना भएको छ। सोही कारण विश्वविद्यालय इतिहासको गम्भीर मोडमा पुगेको छ। देशलाई नैतिकता तथा प्राज्ञिक मर्यादा सिकाउने सरस्वतीको मन्दिरमा यसप्रकारको स्थितिको सिर्जना हुनु दुःखद हो,’ विज्ञप्तिमा भनिएको छ।

देशकै जेठो र सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका भौतिक, प्रशासनिक, प्राज्ञिकलगायतका विषयमा सुधार गर्न आफूहरूले बुझाएको ३३ बुँदे मागलाई वर्तमान पदाधिकारीले नजरअन्दाज गर्दा अहिले अवस्था उत्पन्न भएको संघको दाबी छ।