१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कान्जिरोवाले मनायो २५औँ वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o३:oo

कोटेश्वरस्थित कान्जिरोवा नेसनल माविले १५७औँ मोतीजयन्ती तथा विद्यालयको २५औँ वार्षिकोत्सव मनाएको छ। सो अवसरमा विद्यालयले उपत्यकाव्यापी अन्तरस्कुल छन्दोबद्ध कविता वाचन प्रतियोगिता आयोजना गरेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका गरी कुल २२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा अक्षरा स्कुलकी निताशा अधिकारी प्रथम, मोक्षदा स्कुलकी रक्षा खतिवडा द्वितीय, काठमाडौं प्रज्ञाकुन्जका अवसर सुवेदी तृतीय र युनाइटेड स्कुलका सम्यक कोइराला चौथो भए।

विजयीसहित सहभागी प्रतियोगीलाई  प्रा. व्रतराज आचार्य, विद्यालयका कार्यकारी निर्देशक महेन्द्र खनाल तथा प्रधानाध्यापक रन्जित थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै आचार्यले मोतीराम भट्टले कम समय बाँचेर पनि नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानको साथै बहुआयामिक व्यक्तित्वबारे चर्चा गरे। प्रमुख अतिथि रामबाबु सुवेदीले नेपाली भाषा र साहित्यलाई प्रज्ज्वल तुल्याउने मोतीरामको सम्झनामा कार्यक्रम आयोजना गरेर बालबालिकालाई आफ्नो क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर दिनु सराहनीय रहेको धारणा राखे।