१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याज पीडितको गुनासो सुन्न सिराहा पुग्यो कार्यदल, २९९ उजुरी दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी दर्ता गराएका सिराहाका मिटरब्याजी पीडितहरूको गुनासो सुन्न कार्यदल आइपुगेको छ। मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसाल नेतृत्वको टोलीले पीडितहरूसँग छलफल गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय सिराहामा आयोजित छलफलमा मिटरब्याजी पीडितहरूले आ-आफ्ना गुनासोहरू कार्यदलसमक्ष राखेका छन्। सिराहा जिल्लामा मिटरब्याजी पीडितहरूको तर्फबाट २ सय ९९ सय उजुरी दर्ता भएको छ। उजुरीमा तीन गुणा बढीको तमसुक बनाएको, कम थैली राखेर जग्गा रजिस्ट्रेसन पास गरेको, साँवा, ब्याज भुक्तान गरे पनि तमसुक नच्यातेको, एउटै ऋणका तीन-तीनवटा तमसुक बनाएको तथ्यांक सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जनाएका छन्।

मिटरब्याजी पीडितको गुनासो सुन्दै कार्यदलले जिल्ला प्रहरी, जिल्ला प्रशासनमा छलफलको माध्यमबाट मिल्ने उजुरीलाई छलफलबाटै समाधान निकाल्ने र छलफलबाट मिल्न नसक्ने उजुरीबारेमा कार्यदलले आवश्यक सुझाबसहित प्रतिवेदन पेस गर्ने जनाएको छ। कार्यदलमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशकुमार आचार्य, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहट्ठालगायका कार्यदल सदस्यहरूले पीडितहरूको गुनासो सुनेका हुन्।