मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ भदौ १० शुक्रबार ११:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सालघारीमा फोहोर फ्याँके पाँच हजार जरिवाना

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ भदौ १० शुक्रबार ११:०८:००

संखुवासभाको खाँदबारी नगरपालिका– ९ स्थित तुम्लिङटारमाथि र ढुंगेधाराबीचको सालघारी जंगलमा फोहोर फ्याँके पाँच हजार रुपैयाँ जरिवाना गरिने भएको छ।

उत्तरकोसी राजमार्गमा गर्ने खाँदबारी—तुम्लिङटार सडकखण्ड बीचको उक्त सालघारी जंगल निकै आकर्षक छ । तर, पछिल्लो समय मानिसले राजमार्गको छेउमा फोहोर फालेपछि कुरूप बन्दै गएको भन्ने जनगुनासो बढेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय र डिभिजन वन कार्यालय अग्रसर भएको हो । 

खाँदबारी बजारलगायतका मानिसले लुकिछिपी रातको समयमा ट्याक्टर र गाडीमा फोहोर ल्याएर  सडकछेउमा फ्याँक्ने गरेको स्थानीय भनाइ छ । सामुदायिक वन दिवसको अवसर पारेर ती फोहोर फ्याँक्ने क्षेत्रमा सार्वजनिक सूचना नै टाँस गरेर सचेत गराइएको हो । स्थानीय मनकामना सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय संखुवासभाले संयुक्त रूपमा बोर्ड टाँसेर सूचना जारी गरेको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रलाल राईले बताए । उनले कसैले अटेर गरेर फोहोर फ्याँकेमा वन र वातावरणसम्बन्धी ऐन–नियमअनुसार कारबाही गरिने स्पष्ट पारे । 

मानिसले मनपरी ढंगले फोहोर ल्याउँदै फ्याँक्ने गर्नाले सालघारी क्षेत्र डम्पिङसाइड बन्न लागेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।  खाँदबारी नगरपालिकाको घर–घरमा फोहोर संकलन गर्ने भए पनि पैसा नतिर्नेहरूले फोहोर राति लगेर सालघारीमा फ्याँक्ने गरेको स्थानीयको भनाइ छ ।