१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ज्ञानेन्द्र मल्ल पनि आउट, नेपालको तेस्रो विकेट खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:५o:oo

केन्याले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले १२औँ ओभरमा तेस्रो विकेट गुमाएको छ। मध्यक्रमका भरपर्दा ब्याटर ज्ञानेन्द्र मल्ल १९ रन बनाएर आउट भए। लामाे समयपछि टिममा कमब्याक गरेका मल्ल आउट हुँदा नेपालको स्कोर ७० रन रहेको छ। 

लगातार अन्तरालमा विकेट गुमिरहेकाले नेपाल बलियो साझेदारीको खोजीमा छ। रनरेट पनि बढाउन नसक्दा नेपालको रिक्वायर्ड रेट बढिरहेको छ। 

यसअघि नेपालले पवन सर्राफलाई पहिलो विकेटका रूपमा गुमाएको थियो। पवन एक रनमा आउट भए। पवनसँगै ओपनिङ गरेका मोहम्मद आसिफ पनि १९ रन बनाएर आउट भए। पवन आठौँ ओभरको अन्तिम बलमा डिफेन्सिभ सट खेल्न खोज्दा ओधियाम्बोको बलमा क्लिन बोल्ड भएका थिए। 

पहिलो टी–२० क्रिकेट म्याच चलिरहेको नेपाललाई केन्याले १३१ रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको केन्याले सात विकेट गुमाएर निर्धारित २० ओभरमा १३० रन बनाएको थियो। अहिले क्रिजमा उपकप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी छन्।
 

ad
ad