१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामगठबन्धनका लागि भुसालको अलग्गै प्रस्ताव (पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o४:oo

नेकपा एमालेका नेता घनश्याम भुसालले वामगठबन्धनका लागि अलग्गै प्रस्ताव पेस गरेका छन्। गत मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा भुसालले वामगठबन्धनका लागि छुट्टै प्रस्ताव राखेका हुन्।

अर्थतन्त्र, न्यायालय, संसद्, सरकार, राजनीतिक दललगायत सम्पूर्ण राजनीतिक क्षेत्र संकटग्रस्त हुँदै गएको प्रस्तावमा उल्लेख छ। निर्वाचनले मात्र यी संकट समाधान नगर्ने भन्दै भुसालले वामगठबन्धनका लागि एमालेले नै अग्रसरता लिनुपर्ने निष्कर्ष निकालेका छन्।

'आज हामी निर्वाचनको सम्मुख छौँ। हामीले के बुझ्नुपर्छ भने केवल निर्वाचनले मात्रै अहिले देखापरेका संकटको समाधान हुँदैन। दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमका साथ कम्युनिस्ट पार्टीको बहुमतले मात्रै गुमेको अवसरलाई फर्काउन सक्छ। यो दायित्व सबै कम्युनिस्टहरूको काँधमा आएको छ। अर्थात्, सबै कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनु आजको सबैभन्दा ठूलो कार्यभार हो। साथै, के पनि अकाट्य छ भने नेकपा एमालेको नेतृत्वमा मात्रै त्यस्तो मोर्चा वा एकता बन्न सक्छ र नेकपा एमालेले नै यसको पहलकदमी पनि लिनुपर्छ,' प्रस्तावमा भनिएको छ।

यस्तो छ पूर्णपाठ :