१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीन दिनमै घट्यो आठ अर्ब निक्षेप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३५:oo

वाणिज्य बैंकहरूबाट तीन दिनमै आठ अर्ब रुपैयाँ निक्षेप घटेको छ । साउन ३१ म ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरूमा भदौ ३ गतेसम्म आइपुग्दा निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ । 

निक्षेपको मौज्दात घट्दा बैंकले दुई अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । निक्षेपको मौज्दात घट्ने र कर्जा लगानी भइरहँदा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) सीमानजिक पुगेको छ । असारमा भइरहेको उधारो आयातको भुक्तानी साउन र भदौमा क्रमशः हुँदै बैंकहरूलाई निक्षेप व्यवस्थापनमा चुनौती बढिरहेको छ । कर्जाको माग बढिरहने र बैंकिङ प्रणालीमा निक्षेप आकर्षित गर्न नसक्दा अहिले बैंकहरूलाई सिडी रेसियोको अनुपात मिलाउनै सकस परिरहेको छ । 

राष्ट्र बैंकले बैंकहरूलाई सिडी रेसियो ९० भन्दा माथि पुग्न नपाइने व्यवस्था गरेको छ । भदौ ३ गतेसम्म यस्तो अनुपात ८८.४७ प्रतिशत पुगेको नेपाल बैंकर्स एसोसिएसनले जानकारी दिएको छ । 

ad
ad