१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार २o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिट भागबन्डा अझै मिलेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:४४:oo

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा गठबन्धन गर्ने निर्णयमा पुगिसके पनि सत्तागठबन्धनका दलहरूबीच सिट बाँडफाँडको कुरा मिल्न सकेको छैन। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बसेको बैठकले पनि सहमति जुटाउन सकेन। 

आजको बैठक निष्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए। दलहरू आ-आफ्नै अडानमा रहेकाले बैठक निष्कर्षविहीन भएको हो। 

तर, बैठकले बुधबार ९ गते सिटको भागबन्डा टुंग्याउने समझदारी भने गरेको छ। छलफल चलिरहेका वेला कांग्रेस नेता तथा कार्यदल संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएपछि बीचमै उठेर गएका थिए। 

त्यसपछि छलफलले ठोस दिशा लिन सकेन। बैठकमा सिटौलाका अलावा कांग्रेसबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, माओवादीबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एसका अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष प्रमोद हमाल सहभागी थिए। 

यसैगरी, जसपा अध्यक्ष उपेन्द्र यादव र रकम चेम्जोङ, जनमोर्चाबाट महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरी पनि सहभागी थिए। गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले बनाएको कार्यदलले दिएको सुझावले टुंगोमा पुग्न नसकेपछि शीर्ष नेताहरू गठबन्धनमै थप छलफल गरेर सिट बाँडफाँड मिलाउने प्रयासमा छन्। 

ad
ad