१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ७ मंगलबार १३:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले स्थायी कमिटी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ७ मंगलबार १३:१७:००

एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ ।  पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउन पार्टीले आजदेखि भदौ १२ गतेसम्म  स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्युरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने सो पार्टीले जनाएको छ ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कार्यालय सचिव डा. अधिकारीका अनुसार बैठक आगामी मंसिर ४ गते हुने संघ र प्रदेश तहको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुने छ । यस्तै आगामी पोलिटब्युरो र केन्द्रीय कमिटिको एजेन्डा पनि बैठकले तय गर्नेछ ।

पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो  ।