मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ७ मंगलबार ११:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

 अर्थ इतिहास : नेपालको पहिलो वायुसेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ७ मंगलबार ११:०२:००

नेपालको पहिलो वायुसेवा कम्पनी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) हो । ०१५ सालमा शाही नेपाल वायुसेवा निगम (आरएनएसी)का रूपमा स्थापित भएको निगम देशकै पुरानो विमान सेवाप्रदायक हो ।

गणतन्त्र आएपछि शाही हटाएर नेपाल वायुसेवा निगम नामकरण गरियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको एनएसीले डगलस डिसी–३ डकोटा विमानबाट आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो ।

डकोटा विमानबाट सिमरा र पोखरामा तथा भारतको पटना, कोलकाता, दिल्लीमा उडान सुरु गरेको निगमले ०२८ सालमा आफ्नो पहिलो जेट विमान बोइङ–७२७ सञ्चालनमा ल्याएको थियो । यस्तै, निगमका दुईवटा बोइङ–७५७ झन्डै तीन दशक उडान गरेर ग्राउन्डेड छन् ।

अहिले निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर मात्र छन् । चीनबाट ल्याएका ६ विमान ग्राउन्डेड छन् । अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी एयरबस–३३० र न्यारोबडी–३२० जहाज रहेका छन् ।