मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format ११:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म राष्ट्रपतिको दौडमा छैन : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन्। नेता खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिका लागि नभएर पार्टीका निम्ति भएको बताए।

पार्टी प्रशिक्षणका लागि गुल्मी आएका उनले पत्रकार सम्मेलनमा राष्ट्रपतिभन्दा पहिले पार्टीको निर्देशनअनुसार निर्वाचनमा प्रतिस्पर्धा गर्ने उल्लेख गरे। उनले आफू सधैँ वाम एकताको पक्षमा रहेकोसमेत प्रस्ट पारेका छन्। ‘मैले जहिल्यै वाम एकताको पक्षमा बोलेको छु। तर, ठूला शक्तिहरू नै सकारात्मक छैनन्,’ उनले भने, ‘तर, एकताको आवश्यकतासँगै बहस र छलफल अगाडि बढ्नुपर्छ।’

सम्मानित नेता खनालले अहिले जनताले नेतृत्वमा नयाँ अनुहार खोजेको उल्लेख गरे। उमेरसँगै योग्यता र क्षमता भएका नेता र नेतृत्व आवश्यक रहेको उनको भनाइ छ। युवाले पद मात्रै खोज्न बल गरेर नहुने भन्दै उनले आफ्नो क्षमता पनि विकास गरे पहिलो पुस्ता आफैँ विस्थापित हुने जिकिर गरे।