मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १o:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२० हजार बालबालिकालाई विद्यालयमै फाइजर भ्याक्सिन लगाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५३:oo

दार्चुलाका २० हजारभन्दा बढी बालबालिकालाई सोमबारबाट विद्यालयमै कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको छ । पाँचदेखि ११ वर्षमुनिका जिल्लाभरिका २० हजार तीन सय ९२ जना बालबालिकालाई कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुरपरभाइजर वीरेन्द्र भट्टका अनुसार यही सोमबारदेखि १० गतेसम्म जिल्लाभरि खोप अभियान सुरु भएको छ । नाैवटै स्थानीय तहका चार सय २९ वटा खोप केन्द्रमार्फत खोप लगाउन थालिएको हो । खोप अभियानका लागि एक सय ५७ जना खोप दिने स्वास्थ्यकर्मी, ९८ जना सुपरिवेक्षक र आठ सय ९२ जना स्वयंसेवक परिचालन गरिएको छ ।

भट्टका अनुसार महाकाली नगरपालिकामा ६४ वटा खोप केन्द्रमा चार हजार एक सय ४४ बालबालिका, मालिकार्जुन गाउँपालिकामा ५९ वटा खोप केन्द्रमार्फत दुई हजार ८९ जना बालबालिका, अपिहिमाल गाउँपालिकामा २८ वटा खोप केन्द्रमा नौ सय ६ बालबालिका, लेकम गाउँपालिकामा ५३ वटा खोप केन्द्रमा एक हजार सात सय ९२ बालबालिका, शैल्यशिखर नगरपालिकामा ७० वटा खोप केन्द्रमा तीन हजार ६ सय ४६ बालबालिकाले खोप पाउनेछन् ।

यसैगरी, नौगाड गाउँपालिकामा ५५ वटा खोप केन्द्रमा दुई हजार नौ सय २२ बालबालिका, मार्मा गाउँपालिकामा ४५ वटा खोप केन्द्रमा दुई हजार तीन सय ५३ बालबालिका, दुहुँ गाउँपालिकामा ३० वटा खोप केन्द्रमा एक हजार दुई सय ४५ बालबालिका र व्यास गाउँपालिकामा २५ वटा खोप केन्द्रमा एक हजार दुई सय ९५ जना बालबालिकाले कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप पाउनेछन् ।

जिल्लाभरिका बालबालिकालाई खोप लगाउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट कुल ४० हजार पाँच सय डोज फाइजर खोप प्राप्त भएको भट्टले बताए । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि बालबालिकालाई दोस्रो मात्राको खोप दिइनेछ । जिल्लामा हालसम्म ९७ हजार एक सय ११ जनाले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ४७ हजार पाँच सयजनाले ‘बुस्टर डोज’ खोप लगाएका छन् ।