१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १३:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनमा सामाजिक सञ्जाललाई न नाइँ भन्न सकिन्छ न हाई भन्न : प्रमुख आयुक्त थपलिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न कठिन रहेको बताएका छन्। आइतबार निर्वाचन आयोगले ललितपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले सामाजिक सञ्जालमा हुने आचारसंहिताविपरीतका कार्यहरू रोक्न कठिन रहेको धारणा राखेका हुन्।

‘निर्वाचनमा सामाजिक सञ्जाललाई नाइँ पनि भन्न नसकिने रहेछ, हाई पनि भन्न मनले नमान्दो रहेछ,’ थपलियाले भने। निर्वाचन पात्र परिवर्तनको प्रक्रिया मात्रै भएको भन्दै उनले लोकतन्त्रलाई सशक्त बनाउने विषयमा बहस गर्नुपर्नेमा जाेड दिए।

निर्वाचन तयारीका लागि पर्याप्त समय नपाए पनि मिति घोषणा भएसँगै निर्वाचन नहुने चिन्ता र शंका अन्त्य भएको थपलियाकाे भनाइ छ। उनले भने, ‘निर्वाचनको मिति घोषणा अनिवार्य आवश्यकता थियो। मिति घोषणा सम्पन्न भएसँगै चिन्ता, चासो र संशयको अन्त्य भएको छ।’

स्थानीय तह निर्वाचनमा मतदाता नामावली, मतपत्र, मतदान केन्द्र, मतगणना, मतपरिणामलगायतमा देखिएका कमजोरी यो निर्वाचनमा दोहोरिन नहुनेमा उनको जोड छ।