Skip This
विदेशी ऋण भित्र्याउन बैंकहरू बल्ल सक्रिय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार ११:१८:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशी ऋण भित्र्याउन बैंकहरू बल्ल सक्रिय

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:१८:oo

पाँच वर्षमा १७ वाणिज्य बैंकले विदेशबाट ल्याए करिब ७१ अर्ब २१ करोड रुपैयाँ ऋण

नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउने बाटो खुला गरेको पाँच वर्षपछि बल्ल वाणिज्य बैंकहरूले सक्रियता देखाएका छन् । लगानीयोग्य पुँजीको चरम संकट भोग्नुपरेपछि बैंकहरूले विदेशी ऋण ल्याउने पहल गरेका हुन् । 

राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनामा बैंकहरूले चार अर्ब ६३ करोड कर्जा विदेशबाट भित्र्याएका छन् । साउन २९ गतेसम्म १७ वाणिज्य बैंकहरूले विदेशबाट करिब ७१ अर्ब २१ करोड रुपैयाँ ऋण भित्र्याएका छन् । एक महिनाअघि यस्तो ऋण ६६ अर्ब ५८ करोड रुपैयाँ भित्रिएको थियो । नेपालमा बैंकहरूले भित्र्याएको ऋणमध्ये अधिकांश विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को रहेको छ । यसबाहेक केही ऋण स्विट्जरल्यान्ड, जर्मनी, दुबई, सिंगापुरबाट समेत भित्रिएको छ । 

राष्ट्र बैंकले पहिलोपटक ०७४ चैतमा वाणिज्य बैंकहरूलाई प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण विदेशबाट ल्याउन अनुमति दिएको थियो । अहिले बैंकहरूले आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म विदेशी बैंकबाट ऋण लिन सक्ने प्रावधान छ । केन्द्रीय बैंकले पछिल्लो समयमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीका साथै लघुवित्तले समेत विदेशबाट ऋण लिन सक्ने व्यवस्था गरेको छ । यसैगरी, भारतीय रुपैयाँमा समेत ऋण लिने बाटो खोलिसकेको छ । 

बैंकहरूले उक्त ऋण नवीकरणीय ऊर्जा उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार, विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषिक्षेत्र, साना तथा मझौला उद्योग, अन्य उत्पादनमूलक उद्योग र उत्पादनमूलक क्षेत्रका साथै लघुवित्त क्षेत्रमा लगानी गर्न पाउँछन् ।

केन्द्रीय बैंकले पछिल्लो समयमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीका साथै लघुवित्तले समेत विदेशबाट ऋण लिन सक्ने व्यवस्था गरेको छ । 

विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको अवस्थामा बैंकहरूमा वित्तीय स्रोत अभाव बढ्दै गइरहेको छ । तत्काल तरलता संकट समाधान नहुने देखिएपछि बैंकहरूले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग कर्जाका लागि सम्झौता गरिरहेका छन् । नेपालमा साना तथा मझौला उद्योग तथा नयाँ उद्यमीलाई प्रोत्साहित गर्न, रोजगारी सिर्जनालगायतका कार्यमा लगानी गरी तलरतामा सहज पुुर्‍याउने उद्देश्यले बैंकहरूले रकम भित्र्याइरहेको बैंकरहरू बताउँछन् । तर, सोचेअनुसार विदेशी ऋण ल्याउन भने कठिन रहेको पूर्वबैंकर पर्शुराम कुँवरको भनाइ छ । उनले भने, ‘विदेशबाट कर्जा ल्याउने काम त्यति सजिलो छैन । अन्तर्राष्ट्रिय बैंकहरूले गहिराइमा पुगेर ड्यु डेलिजेन्स गर्छन् । एउटाले दिएपछि मात्रै आफू दिऊँ भन्ने सोच उनीहरूमा हुन्छ । त्यसैले पनि ऋण आइहाल्छ भन्ने छैन ।’

तर, राष्ट्र बैंकले सहजीकरण गर्नेबित्तिक्कै पनि अन्तर्राष्ट्रिय बैंकहरूले ऋण लगानी गरिहाल्छन् भन्ने अवस्था नरहेको उनको भनाइ छ । विदेशी संस्थाहरूले देशको राजनीति र आर्थिक मूल्यांकन गरेर मात्रै ऋण दिन्छन् । विगतका वर्षमा पनि नेपाली बैंकहरूले विदेशी बैंकबाट ऋण ल्याउन पहल गरे पनि सफल भएका थिएनन् । विदेशी मुद्रामा ऋण ल्याउँदा अमेरिकी डलरको भाउमा हुने उतारचढावका कारण जोखिम रहेको र देशको रेटिङ नहुँदा बैंकहरूले आवश्यकताअनुसार विदेशी ऋण पत्याउन कठिन रहेको छ । 

विदेशी ऋण भित्र्याउन सहयोगी हुने देशकै अर्थतन्त्रको सूचक देखाउने कन्ट्री रेटिङ गर्ने तयारीमा सरकार थियो । कोभिडअगाडिसम्म सरकार कन्ट्री रेटिङको जिम्मा फिच कम्पनीलाई दिने अन्तिम तयारीमा पुगिसकेको थियो । तर, कोभिडले अर्थतन्त्रका सूचकहरू कमजोर देखिएपछि यो विषय ओझेलमा परेको छ । यस्तो रेटिङले नेपालमा विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने भए पनि कोभिडको कारण देखाउँदै सरकारले प्रक्रिया अघि बढाउन सकेको छैन । अहिलेको अवस्थामा रेटिङ गर्दा अर्थतन्त्रको खराब चित्र देखिने भएकाले पनि ऋण ल्याउन सहज नहुने पूर्वबैंकर क्षत्रीको भनाइ छ ।

नेपाल बैंकर्स एसोसिएसन (एनबिए)का अनुसार २७ साउनसम्म वाणिज्य बैंकहरूको निक्षेप एक खर्ब २१ अर्ब रुपैयाँले घटेको छ भने कर्जा लगानी थप विस्तार हुन नसक्दा स्थिर देखिएको छ । कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८८.३५ प्रतिशत पुगेको छ । बैंकहरूले विदेशी बैंकका साथै स्वीकृतिप्राप्त पेन्सन फन्ड, हेज फन्डलगायतबाट समेत ऋण लिन पाउने सुविधा छ । विदेशबाट लिने कर्जाको ब्याजदर ६ महिनाको अन्तरबैंकदरमा ४ प्रतिशत थप गरी निर्धारण हुनुपर्छ । एकदेखि पाँच वर्ष अवधिको यस्तो कर्जाका लागि धितो जमानत तथा बैंक ग्यारेन्टी दिन नपाइने प्रावधान छ ।

कुन बैंकले कति ल्याए ?

राष्ट्र बैंकअनुसार सबैभन्दा बढी ऋण भित्र्याउनेमा मेगा र एनएमबि बैंक रहेका छन् । मेगा बैंकले १३ अर्ब ११ करोड रुपैयाँबराबरको विदेशी ऋण ल्याएको छ भने एनएमबि बैंकले ११ अर्ब ७२ करोड रुपैयाँबराबरको ऋण ल्याएको छ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट हालसम्म तीनपटक कर्जा भित्र्याएको छ । 

लक्ष्मी बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले पाँच अर्ब ७३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब ३६ करोड, एसबिआई बैंकले तीन अर्ब ८२ करोड, सानिमाले तीन अर्ब ८२ करोड, सन्राइजले तीन अर्ब ६४ करोड, बैंक अफ काठमाण्डूले तीन अर्ब १७ करोड ऋण भित्र्याएका छन् । 

त्यस्तै नबिल, एभरेष्ट र सिद्धार्थ बैंक प्रत्येकले दुई अर्ब ५४ करोड ९० लाख रुपैयाँका दरले ऋण भित्र्याएका छन् । प्रभु बैंकले दुई अर्ब २३ करोड रुपैयाँ विदेशी ऋण भित्र्याएको छ । कुमारी बैंकले एक अर्ब ४० करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले एक अर्ब २७ करोड रुपैयाँ ऋण भित्र्याएका छन् । त्यस्तै, प्राइम कमर्सियल बैंकले ९८ करोड १३ लाख रुपैयाँ र एनआइसी एसिया बैंकले ८९ करोड २३ लाख रुपैयाँ ऋण भित्र्याएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

तीन कारणले बैंकहरूले विदेशबाट ल्याउने ऋण बढ्न थालेको देखिन्छ : डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक एवं प्रवक्ता, नेपाल राष्ट्र बैंक
पाँच वर्षअघि नेपाल राष्ट्र बैंकले विदेशबाट बैंक तथा वित्तीय संस्थाले ऋण ल्याउन पाउने व्यवस्था गर्‍यो । विदेशबाट ऋण ल्याउन राष्ट्र बैंकले प्रोत्साहनको नीति लियो । सोही नीतिका परिणामहरू क्रमशः देखिँदै आएका छन् । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल बढाएको देखिन्छ । गएको आर्थिक वर्षमा अन्तर्राष्ट्रियस्तरमै ब्याजदर न्यून थियो, विदेशी लगानीकर्ताका लागि तुलनात्मक रूपमा ब्याजदर बढी भएका मुलुक आकर्षक भए, त्यसमध्ये नेपाल पनि पर्‍यो ।

यो आर्थिक वर्षको कुरा गर्दा, पछिल्लो समय तरलता अभाव भएपछि पनि बैंकहरूले पनि विदेशी ऋण तथा लगानी भित्र्याउन पहल गरिरहेका छन् ।
 

ad
ad