१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ४ शनिबार
  • Friday, 04 July, 2025
२o७९ भदौ ४ शनिबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ४ शनिबार १८:५९:oo

बाँकेको जानकी गाउँपालिका ५ गनापुरस्थित खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ। जानकी गाउँपालिका ५ छब्बनपुर्वाका सात वर्षीय सञ्जु करबलको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।

अम्बे स्टिल उद्योगले खनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको उनले बताए। पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको जानकी गाउँपालिका ५ का वडाध्यक्ष टीकानाथ यादवले बताए। 

‘अम्बे स्टिल उद्योगले खनेको खाल्डोनजिक बालक शौच गर्न गएका थिए। शौच गर्ने क्रममा चिप्लिएर खाल्डोमा खसेपछि पौडी खेल्न नजान्दा बालकको मृत्यु भयो,’ उनले भने। 

मृतक बालकका बुवा मुन्सीलाल करबलले अम्बे स्टिलको लापरबाहीका कारण छोराको मृत्यु भएको बताए। ‘उद्योगले खाल्डो खनेर धराप बनाएको थियो। त्यही धरापमा मेरो छोराले अकालमा ज्यान गुमायो,’ उनले भने।