मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ४ शनिबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ४ शनिबार १६:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यकर्तालाई अध्यक्ष नेपालकाे निर्देशन – एमालेले सिर्जना गरेका भ्रम चिर्ने गरी काम गर्नुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ४ शनिबार १६:३१:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टीपंक्तिलाई निर्देशन दिएका हुन् । 

एकीकृत समाजवादी विचार र आदर्शमा उभिएको भन्दै एमालेका नेताहरूले जथाभावी लगाएको आरोपको जवाफ दिनुपर्ने उनको जोड थियो । ‘एमालेले जेसुकै बोलोस् । त्यसका नेताहरूले हामीलाई जथाभावी आरोप लगाए त्यसको हामीले जवाफ दिन सक्नुपर्दछ,’ उनले भने, ‘झुटको पुलिन्दा बाँडिरहेका छन् । जनतामा भ्रम फैल्याउने कोसिस गरिरहेका छन् । त्यो भ्रमलाई चिर्नुपर्छ हामीले ।’ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उनको चेतावनी थियो । अध्यक्ष नेपालले आफूहरूलाई अपराधी घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्वीकार नगर्ने ओलीलाई मुखभरिको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरूलाई सक्रिय हुन आग्रहसमेत गरे । 

केपी ओलीसँग बस्न नसक्ने भन्दै एमालेको केही नेताहरूले समाजवादीमा आउनका लागि आफूसँग कुरा गरिरहेको दाबीसमेत उनले गरे । ‘केपी ओलीसँग बस्न सकिँदैन भन्दै कतिपय मानिसहरूले सम्पर्क गरिरहेका छन् । यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लड्न चाहन्छौँ भनिरहेका छन् ।’ 

अध्यक्ष नेपालले एमालेसँग सहकार्य गर्ने विषय कल्पनाभन्दा बाहिरको भएको बताए । विचार मिल्ने, कुरा मिल्ने वामपन्थी दलहरूसँग एकताबद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाइरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको उनको भनाइ थियो । ‘एमालेसँग जाने कल्पनानै गर्न सकिँदैन । जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ,’ उनले भने, ‘त्यस्ता नेताप्रति कुनै किसिमले पोजिटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नुहोला । गर्नुहुन्छ भने कुरा बिग्रन्छ म क्लियर गर्न चाहन्छु । त्यस्ता कुराहरूमा लाग्न जरुरी पनि छैन । बरु खण्डन गर्ने, सीधै मुखभरिको जवाफ दिने ।’

स्थानीय तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढ्ने निर्णय लिएको उल्लेख गरे । ‘हामी गठबन्धन दलहरूसँग अहिले पनि हातेमालो गर्दै अघि बढ्ने पक्षमा रहेका छौँ । हाम्रो पार्टीले वामपन्थी दलहरूलाई एकताबद्ध बनाउनका लागि हामीसँग कुरा मिल्ने, विचार मिल्नेहरूसँग एकताबद्ध हुनका लागि हामीले हात अगाडि बढाएका छौँ,’ उनले भने, ‘हामी अरूसँग विलिन हुने होइन । हाम्रो विरोधीहरूले कुप्रचार गरिरहेका छन्, एमालेमा विलिन हुने भनेर । त्यसमा कुनै सत्यता छैन ।’

अध्यक्ष नेपालले पार्टी विभाजन भएको वेला गएका ‘१० भाइहरूको एमालेमा बिजोग भइरहेको टिप्पणी पनि गरे । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरूले बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको उनको प्रष्टोक्ति थियो ।