Read Time : < 1 मिनेट
२o८१ जेठ ३ बिहीबार १४:o७:oo
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई उपाध्यक्षसहित पाँच पदाधिकारी मनोनयन गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख आचार्यले सो जानकारी दिएका हुन्।
अध्यक्ष थापाले पार्टी उपाध्यक्षमा दिलनाथ गिरि (संखुवासभा) र श्यामप्रसाद तिमिल्सिना (ललितपुर) तथा महामन्त्रीमा केशवराज श्रेष्ठ (काठमाडौंं)लाई मनोनयन गरेका छन्। त्यसैगरी, सहायक महामन्त्रीमा रामसुन्दर बिष्ट (भक्तपुर) र दिनेशचन्द्र गुप्ता (कपिलवस्तु) मनाेनीत हुँदा सहायक प्रवक्ताकाे जिम्मेवारी सस्मिता सुवेदी (काठमाडौं)लाई दिइएकाे विज्ञप्तिमा उल्लेख छ।