Skip This
इन्धनको मूल्य समायोजन गर्न सरकारलाई कांग्रेस नेता सिंहको आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्धनको मूल्य समायोजन गर्न सरकारलाई कांग्रेस नेता सिंहको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१४:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने धारणा राखेका हुन्।

इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘अटोमेटिक प्राइसिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन। सरकारले अलिकति पहल गर्नुपर्यो।’ स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दासमेत नेपाल आयल निगमले मूल्य घटाएको छैन। यसबाट सरकारको आलोचना भइरहँदा नेता सिंहले मूल्य समायोजन गर्न आवश्यक रहेको बताएका हुन्।

फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीति गर्न नहुने धारणा राखे। ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ। यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ नेता सिंहले भने। उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न आग्रह गरेका छन्।