१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक : सञ्चारमन्त्री कार्की 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १९:२८:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्। १६औँ राष्ट्रिय सूचना दिवसको अवसरमा राजधानीमा सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

कार्यक्रममा मन्त्री कार्कीले सरकार लोकन्त्रान्त्रिक मूल्यमान्यता स्थापित गर्न पूर्ण प्रतिबद्ध रहेको बताए। सूचनाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनको जोड थियो ।  ‘सरकार लोकन्त्रान्त्रिक मूल्य–मान्यता स्थापित गर्न पूर्ण प्रतिबद्ध छ,’ उनले भने, ‘सूचनाको हकको प्रभावकारी रूपमा कार्यान्वयन आवश्यक छ।’

त्यस्तै, कार्यक्रममा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई भुइँ तहका नागरिकसम्म पुर्‍याउन अझै प्रयास गरी लोकतन्त्र बलियो बनाउन सकिने धारणा राखे। कार्यक्रममा सूचना आयुक्तहरू रत्नप्रसाद मैनाली, कमला ओली थापा, नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेल, सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उम्मिद बागचन्द, आयोगका सचिव दिवश आचार्यलगायतको सहभागिता रहेको थियो।

ad
ad