१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रतितोला चार सयले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९५ हजार पाँच सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य  प्रतितोला रु. चार सयले घटेको हो।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९५ हजार छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९५ हजार चार सय थियो।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार एक सय ८५ तोकिएकोे छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। रासस