१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक २७ अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५८:oo

बुधबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ। नेप्से परिसूचक २७.५६ अंकले बढेर दुई हजार ६८.२६ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.४१, फ्लोट इन्डेक्स १.८० र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंकले बढेको छ।

आज कारोबारमा आएका दुई सय २० कम्पनीको ५१ लाख एक हजार २९० कित्ता सेयर दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार साढे एक अर्बभन्दा कमको सेयर कारोबार भएको थियो।

बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्मक देखिएका छन्। जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। त्यस्तै, जलविद्युत् र अन्य उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से बढेसँगै आज चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको रहेका छन्। त्यस्तै, हिमालयन हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।

तर यता, सपोर्ट माइक्रो फाइनान्सकोे मूल्य ३ प्रतिशतले घटेको छ। आज सबैभन्दा धेरै कारोबार रिडी हाइड्रोपावर कम्पनीको  १० करोड ४३ लाख रुपैयाँबराबरको भएको छ।