१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता दिने कुरालाई दल र निर्वाचनसँग नजोडौँ : सांसद विश्वकर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्। ०६३ सालको अन्तरिम संविधान, ०७२ सालको संविधान  र केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमै आधारित भएर विधेयक ल्याइएको भन्दै उनले यसमा असहमति जनाउनुपर्ने कुनै कारण नरहेको दाबी गरे।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद विश्वकर्माले नागरिकताबाट वञ्चित लाखौँ नेपालीलाई नागरिकता दिने उद्देश्यका साथ आएको सो विधेयक पारित गर्ने काममा विलम्ब गर्न आवश्यक नरहेको पटकपटक दोहोर्‍याए।

‘नागरिकताबाट वञ्चित भएका लाखौँलाई नागरिकता दिने कुरालाई मेरो निर्वाचनसँग, राजनीतिसँग, राजनीतिक दलसँग नजोडीकन राष्ट्रिय सहमतिकै आधारमा यो हलबाट एक स्वरले पास गरेर यसलाई पठाउनुपर्छ,’ सांसद विश्वकर्माले भने।

विगतमा सहमति दिने, तर अहिले आएर सो विधेयकमा असहमत हुने काम कुनै पनि राजनीतिक दलले गर्न नहुने उनले बताए । नेतृत्वको राष्ट्रियता मौसमअनुसार परिवर्तन हुँदा समस्या भएको उनको बुझाइ छ। उनले भने, ‘हामी यस्तो खालको भएछौँ मौसमअनुसार रोजिन्छौँ । हाम्रो राष्ट्रियता पूर्व फर्किँदा एकखालको, पश्चिम फर्कँदा अर्को राष्ट्रियता, उत्तर फर्किँदा एउटा राष्ट्रियता, दक्षिण फर्किँदा अर्को राष्ट्रियता देख्छौँ । त्यसैले समस्या गरेको छ।’