१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नागरिकता विधेयक आजै पारित गर्ने संसद्को कार्यसूची

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:o८:oo

राष्ट्रपतिले फिर्ता गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई संसद्ले आजै पारित गर्ने तयारी गरेको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको आजको बैठकको अन्तिम कार्यसूचीमा उक्त विधेयकमाथि सदनमा पुनर्विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने उल्लेख छ। त्यसैगरी, सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुने कार्यसूचीमा उल्लेख छ।

६ साउनमा प्रतिनिधिसभा र १३ साउनमा राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ मा फिर्ता पठाएकी थिइन्।

 

ad
ad