१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाका केन्द्रीय सदस्यसहित ३९ जना माओवादी केन्द्र प्रवेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेका जिल्ला अध्यक्ष टंकबहादुर थापालगायतका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको भन्दै साउन–३० गते पार्टी छाडेकाे अध्यक्ष थापासहितको समूहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमा समाहित भएको जनाएको हो ।

‘अहिले मुलुकले समाजवादी राजनीतिक नेतृत्वका साथ सही राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिन सक्ने विचारको खोजी भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा मुलुकलाई वर्तमान राजनीतिक परिवेशसम्म ल्याई पुर्याउन लामो समय सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान उपलब्धिको समानुपातिक समावेशी राज्यको नीति स्थापना गर्ने वैचारिक तथा सैद्धान्तिक हिसाबले नेपालको एक मात्र वैकल्पिक पार्टी माओवादी केन्द्र भएकाले समाहित भएका हौँ ।’

पहिलो चरणमा जिल्ला तहमा छलफल गरी समाहित भएको र यो क्रम जिल्ला, पालिका, वडा र टोलस्तरसम्म हुने विज्ञप्तिमा उल्लेख छ । समाहित हुनेमा जिल्ला अध्यक्ष थापा, सचिव देवकुमार राई, सचिवालय सदस्यहरू नवीनकिशोर राई, दीपककुमार तामाङ, प्रवचन राई, मनोज राई, जुलन राई, सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङ रहेका छन् । 

यसअघि मंगलबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै जसपाले जिल्ला अध्यक्षसहित तीनजनाले मात्र पार्टी परित्याग गरेको दाबी गरेको छ । अध्यक्ष थापासहित ३९ जनाले सोमबार पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेको भोलिपल्टै पत्रकार सम्मेलन गर्दैै जसपाले अध्यक्ष थापा, सचिव राई र सचिवालय सदस्य तामाङले मात्र पार्टी परित्याग गरेको दाबी गरेको हो । 

थापाले ११ पदाधिकारीमध्ये सातजना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुईजना र छजना प्रदेश सदस्यमध्ये तीनजनाले पार्टी परित्याग गरेको दाबी गरे ।