मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार १०:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थ ज्ञान : के हाे आर्थिक वृद्धिदर ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार १०:४८:००

कुनै एउटा वर्षमा भएको अर्थतन्त्रको विस्तार नै आर्थिक वृद्धि हो । अथवा, अघिल्लो आर्थिक वर्षको तुलनामा अर्को वर्ष कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा भएको विस्तार–वृद्धि नै आर्थिक वृद्धिदर हो । 

एक आर्थिक वर्षमा मुलुकभित्र सरकारी वा निजी क्षेत्रबाट उत्पादित सम्पूर्ण वस्तु तथा सेवाको मौद्रिक मूल्यलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भनिन्छ । जस्तो, गत आर्थिक वर्ष ०७८/७९ मा नेपालमा ४८ खर्ब ५१ अर्ब ६२ करोडको वस्तु तथा सेवा उत्पादन भएको थियो ।

त्यसैले नेपालको कुल जिडिपी त्यही हो । यो अंकमा आगामी वर्ष कति रकम थपिन्छ, त्यो फरक नै आर्थिक वृद्धिदर हो । सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिएको छ । यो भनेको चालू वर्षमा थप तीन अर्ब ८८ अर्ब १२ करोडको सेवा तथा उत्पादन भई जिडिपीको आकार ५२ खर्ब ३९ अर्ब ७४ करोडबराबरको हुन्छ भन्ने नै हो ।

कुल गार्हस्थ्य अर्थात् घरभित्रको भनिएकाले देशबाहिर उत्पादन भएको रकम भने जोडिँदैन, तर मुलुकमै उत्पादन भएर बाहिरिने वस्तु तथा सेवाको मूल्य भने गणना हुन्छ । कुनै वर्ष वृद्धिदर स्थिर अथवा ऋणात्मक हुन सक्छ ।

आर्थिक वर्ष ०७६/७७ मा कोभिडका कारण नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक भएको थियो । नाकाबन्दी र भूकम्पको वर्ष नेपालको आर्थिक वृद्धिदर ०.४ प्रतिशत मात्रै थियो ।