मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार ०९:५४:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

विवाहको प्रस्तावले डर लाग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार ०९:५४:००

विवाहको कुनै मतलब थिएन । १६–१७  वर्षकी मात्रै थिएँ, उहाँको कुराले डर लाग्यो । घरमा मलाई मार्छन् भन्ने जस्तो लाग्यो ।

११ वर्षकै उमेरमा ‘कंकाल’ नाटकमा अभिनय गरिसकेकी थिएँ । तर, त्यतिवेलासम्म नाटक सौख मात्र थियो । नाटक खेल्न मात्र होइन, हेर्न पनि मज्जा थियो । दिदी चन्द्रमालाले मलाई राष्ट्रिय नाचघर लगेर जानुहुन्थ्यो । बद्री अधिकारी दाइको लेखन र सुनील पोखरेलजीले निर्देशन गर्नुभएको ‘प्रतिभा आकाश’ नाटकमा अभिनय गरेपछि म यही क्षेत्रमा निरन्तर लागेँ ।

सुनीलजी चन्द्रमाला दिदीको साथी हुनुहुन्थ्यो । उहाँ हाम्रो घरमा आइरहने गर्नुहुन्थ्यो । म उहाँलाई ‘सुनील दाइ’ भनेर सम्बोधन गर्थें । मेरी आमाले पनि उहाँलाई छोराजस्तै व्यवहार गर्नुहुन्थ्यो । उहाँ नाटकको अध्ययनका लागि तीन–चार वर्ष भारत गएर बस्नुभयो । 

नेपाल फर्किएपछि उहाँले निर्देशन गरेका नाटकमा हामीलाई खेलाउनुभयो । सानैदेखि देखेको हुनाले पनि उहाँसँग काम गर्न सजिलो हुन्थ्यो । त्यसवेला एउटा टेलिसिरियलमा पनि काम गर्‍यौँ । एक दिन मलाई घर जान ढिला भयो । डिल्लीबजारदेखि हिँडाउँदै बालाजु बाइपाससम्म छोड्न उहाँ नै जानुभयो । सोह्रखुट्टे मोड पुग्ने वेला उहाँले विवाहको प्रस्ताव गर्नुभयो ।

मलाई विवाहको कुनै मतलब थिएन । १६–१७  वर्षकी मात्रै थिएँ, उहाँको कुराले डर लाग्यो । घरमा मलाई मार्छन् भन्ने जस्तो लाग्यो । विवाहको कुरै नगरौँ, मलाई थाहा छैन भनेँ । उहाँले करकाप गर्नुभएन, यो विषय त्यत्तिकै सेलायो । 

दुई वर्षपछि हरिहर सर, शैलेश आचार्य, बद्री अधिकारी दाइहरूसहित मेरो घरमा आएर आमासँग फेरि विवाहको कुरा गर्नुभयो ।  आमाले पहिले सेटल भएर मात्रै विवाह गर्न भन्नुभयो । त्यसको दुई वर्षपछि हाम्रो विवाह भयो । सुनीलजी मेरो श्रीमान् मात्रै नभएर अभिभावक पनि हो ।