निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार २०:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डलाई बालेनको प्रश्न : कुन नैतिकताले भन्नुहुन्छ म देश बनाउँदै छु ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार २०:५८:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले माओवादी अध्यक्ष प्रचण्डलाई कटाक्ष गरेका छन्। मंगलबार बेलुकी सामाजिक संजालमार्फत बालेनले प्रचण्डलाई नैतिकता नभएको नेताका रूपमा प्रस्तुत गरेका हुन्। 

बालेनले आफ्नो सामाजिक संजाल स्ट्याटसमा ककनीको बाटोको दुरावस्था बनाउने मान्छेकै घरमा बसेर देश बनाउँदै छु भन्ने नैतिकता प्रचण्डमा नभएको टिप्पणी गरेका छन्। 

बाटोको जीर्ण अवस्थाको भिडियो पोस्ट गर्दै बालेनले लेखेका छन्, ‘श्रीमान् प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’