मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Wednesday, 02 September, 2026
२o७९ श्रावण ३१ मंगलबार १९:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साइकलबाटै ७७ जिल्लाको भ्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १९:५७:oo

दोलखाको कालिन्चोक गाउँपालिका ३ का अभिनय कार्कीले ६ महिना १९ दिनमा साइकलबाट नेपालका ७७ जिल्लाको भ्रमण गरेका छन्। गत पुस १५ गते दोलखा सदरमुकाम चरिकोटबाट सुरु भएको उनको साइकल यात्रा मंगलबार चरिकोटमै आएर सम्पन्न भएको हो।

देशका ७७ जिल्लामा पुगेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा लागुऔषधविरुद्ध जनचेतनामूलक अन्तर्क्रिया गर्दै कार्कीले आफ्नो भ्रमण सम्पन्न गरेका छन्। एक सय दिनमा भ्रमण सम्पन्न गर्ने लक्ष्यका साथ यात्रा सुरु गरेका कार्कीले भौगोलिक तथा अन्य विभिन्न समस्याहरूका कारण आफ्नो यात्रा ९९ दिन लम्बिएको जानकारी दिए। 

‘फ्रस्टेसन, डिप्रेसन र लागुऔषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौँ’ भन्ने नारासहित सुरु भएको आफ्नो साइकल यात्रा निक्कै उपलब्धिमूलक रहेको कार्कीको भनाइ छ। आफूले देशको ७७ जिल्लाका विभिन्न ठाउँमा पुगेर नेपालको प्राकृतिक सुन्दरता नियाल्नका साथै आन्तरिक पर्यटन प्रवर्धनमा राम्रो सम्भावना रहेको उनको अनुभव छ। 

भ्रमणमा आफूले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र धेरैजसो स्थानीय तह पुगेर अन्तर्क्रिया गरेको उनले बताए। कार्कीका अनुसार पर्यटन प्रवर्धनमा सबैजसो स्थानीय तहले आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यन्वयनमा लाग्न खोजेकोले केही समयपछि नेपालको आन्तरिक पर्यटन थप मजबुत हुने विश्वास गरेका छन्।