१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण ३१ मंगलबार १९:११:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘आदर्श पानाहरू’ निबन्धसंग्रह लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १९:११:oo

शिवनाथ अधिकारीको तेस्रो पुस्तक ‘आदर्श पानाहरू’ नामक निबन्धसंग्रहको लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतित्वमा पुस्तकको लोकार्पण गरिएको हो। 

पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि गुरुङले गुणकर्म विभागशः भने जस्तै मानिसले आफ्नो गुण र भावनालाई आफ्नो कृतिको माध्यमबाट अभिव्यक्त गर्ने अधिकारी साँच्चिकै शिव अर्थात् कल्याणकारी भावनाका प्रतिमूर्ति भएको बताए। यसमा विवेचना गरिएका विचारलाई हामीले आफ्नो जीवनमा पालन गर्न सक्यौँ भने मानव समाज साँच्चैको सभ्य र सुसंस्कृत हनेसमेत उनले बताए। 

कृतिमा एक्काईसवटा निबन्धको माध्यमबाट आफ्नो दृष्टिकोण प्रस्तुत गरिएको छ। पाँचवटा कर्मेन्द्रीय, पाँचवटा ज्ञानेन्द्रीय, पञ्चकोश, पञ्चप्राण र आत्मा यी दर्शनशास्त्रका एक्काईस तत्व हुन्। शिवनाथ अधिकारीले यस कृतिमा मानव अभ्युदयका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको कुरा उपकुलपति डा. जगमान गुरुङको व्यक्त गरे। अधिकारीले छरिएका पानाहरू–२०७६, सुनौला पानाहरू–२०७७ प्रकाशित गरिसकेका छन्।