१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्घाटन नहुँदै क्षतिग्रस्त भयो दार्चुलास्थित झोलुंगे पुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२४:oo

तुइन विस्थापन गर्न दार्चुलास्थित ब्यास गाउँपालिका–२ मालघाटमा सरकारले बनाएका झोलुंगे पुलमा क्षति पुगेको छ। उद्घाटन र हस्तान्तरण हुन बाँकी रहेको यो झोलुंगे पुलमाथि पहिरो खसेपछि क्षति पुगेको हो।

ब्यास गाउँपालिका–२ मालगाउँ, राप्ला र दुम्लिङका स्थानीयले आवतजावत गर्दै आएको पुलमा ढुंगा खसेपछि क्षति पुगेको ब्यास २ का स्थानीय प्रभात बुढाथोकीले जानकारी दिए। उनले भने, ‘पुलको एक छेउमा पूरै ढुंगाले लठ्ठा काटिएको छ। पुलमा रहेको ढुंगा नफाल्दा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ।’ 

तीन चार दिनअघि आएको वर्षाका कारण पुलमाथिबाट ढुंगा खसेको हो। केही महिना पहिले निर्माण सम्पन्न भएको पुल उद्घाटन हुन बाँकी छ। पुल उद्घाटन नभए पनि स्थानीयले निर्वाध रूपमा सोही पुलमार्फत आउजाउ गर्ने गर्छन्। यसअघि गत वर्ष त्यही पुलको तलबाट तुइन तर्ने क्रममा ब्यास गाउँपालिका २ का जयसिंह धामी बेपत्ता भएका थिए।