१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक २४ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

सोमबार एकैदिन उच्च अंकले बढेको नेप्सेमा मंगलबार गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक २४.८३ अंकले घटेर दुई हजार ४१.०६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.७५, फ्लोट इन्डेक्स १.४३ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१५ अंकले घटेको छ।

मंगलबार कारोबारमा आएका २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने वृद्धि भएको छ। सोमबार दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँबराबरको कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ। त्यस्तै, फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि मंगलबार अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, स्वाभिमान लघुवित्तको ४.०२ प्रतिशत, हिमालयन बैंकको १.९० प्रतिशतले बढेको छ।

यता युनिलिभरको सेयरमूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ। दोर्दी खोला जलविद्युतको ५.५१ प्रतिशत र हिमालयन ऊर्जा हाइड्रोपावरको ५.३२ प्रतिशतले घटेको छ। मंगलबार रिडी हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।