मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने गठबन्धनको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

सत्तारूढ गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सत्य निरूपण तथा मेलिमलाप आयोग (टिआरसी) विधेयक संशोधन गर्ने निर्णय गरेको हो। पीडित, मानव अधिकारकर्मीलगायत सरोकारवालाको सुझावका आधारमा विधेयक संशोधन गर्ने निर्णय भएको बताइएको छ।

‘पाँचदलीय गठबन्धनको बैठकले सत्य निरूपण तथा मेलिमलाप आयोग विधेयकका सम्बन्धमा बृहत् रूपमा छलफल गरी यससँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न रहेका सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितलगायत व्यक्ति तथा संघ–संस्थाहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रूपमा गठबन्धनले लिनुका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंग्याउन टिआरसी विधेयकलाई अगाडि बढाउने सहमति भएको छ,’ सार्वजनिक निर्णयमा भनिएको छ।