१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेसका मन्त्रीहरूको धर्ना स्थगित

प्रहरी समायोजन चुनावलगत्तै गर्ने गृहमन्त्रीको आश्वासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले संघ सरकारविरुद्धको धर्ना स्थगित गरेका छन्। गृहमन्त्री बालकृष्ण खाणले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलगत्तै प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि प्रदेशका मन्त्रीहरूले तेस्रो दिनमा धर्ना स्थगित गरेका हुन्।

प्रहरी समायोजनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको भन्दै प्रदेशका मन्त्रीहरू आइतबारदेखि दैनिक ११ देखि १ बजेसम्म धर्नामा बस्दै आएका थिए। संविधानको अनुसूची ६ को (१) मा प्रदेश प्रहरी गठन तथा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारले गर्ने उल्लेख भएको भन्दै उक्त व्यवस्थाको कार्यान्वयन गर्न दबाब दिन धर्ना दिँदै आएका थिए।

गृहमन्त्रीले टेलिफोनमार्फत चुनावलगत्तै प्रहरी समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि धर्ना स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।