मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ११:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाबुराम र वामदेवलाई पेरिसडाँडाको स्वीकृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ११:१४:००

४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीको चुनाव चिह्नबाट निर्वाचन लड्ने भएको छ । 

माओवादी अध्यक्ष प्रचण्ड र बाबुरामबीच विभिन्न चरणमा भएका छलफलमा यी दुई दल आगामी निर्वाचनमा एउटै निर्वाचन चिह्न लिएर लड्ने सहमति भएको थियो । सो सहमतिलाई आज बसेको माओवादी स्थायी समितिको बैठकले औपचारिकता दिएको छ । 

बैठकपछि आमन्त्रित स्थायी समिति सदस्य पेसल खतिवडाले बाबुराम नेतृत्वको पार्टीलाई पनि गोलाकारभित्रको हँसिया–हतौडा निर्वाचन चिह्न लिएर आगामी निर्वाचनमा भाग लिन बैठकले सहमति दिएको बताए । 

बैठकले एमाले छाडेर नयाँ पार्टी गठनको प्रक्रियामा रहेका वामदेव गौतमलाई पनि गोलाकारभित्रको हँसिया–हतौडा चुनाव चिह्न लिएर निर्वाचन लड्न पनि स्वीकृति दिएको छ । एमाले विभाजनपछि एमाले छाडेका र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि नगएका वामदेव अहिले राष्ट्रिय सभा सदस्य छन् । तर, उनी प्रत्यक्ष निर्वाचन लडेर प्रतिनिधिसभामा आउने प्रयासमा छन् ।