मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ३० सोमबार
  • Thursday, 18 September, 2025
२o७९ श्रावण ३० सोमबार २o:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघले गर्‍यो अफगानिस्तानमा महिलामाथि बल प्रयोगको निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३० सोमबार २o:१८:oo

अफगानिस्तानमा मानवअधिकारको अनुगमनबारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन 'अत्यधिक बल प्रयोग' गरिएका घटनाको निन्दा गरेका छन्। उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन्।

तालिबानका यस्ता महिलाविरोधी कार्यको सार्वजनिक रूपमा निन्दा गर्दै उनले गोली चलाएर शान्तिपूर्ण विरोधलाई दमन गरिएका यस्ता कार्यको निन्दा गरेका छन्। बेनेटले ट्विटरमा लेखेका छन् 'काबुलमा महिलाहरूको 'शान्तिपूर्ण' प्रदर्शनविरुद्ध बल प्रयोग र दुर्व्यवहार उनीहरूको भेला हुने अधिकार र स्वतन्त्रताको अधिकारको हनन हो।'